पोखरामा सह–न्यायाधिवक्ता घुससहित पक्राउ

 असोज २४, २०७५ बुधबार ११:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । 

ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । थापालाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया