सिताराम हाछेथुको अगुवाईमा सातदोबाटोमा ट्राफिक प्रहरी भवन

 असोज २४, २०७५ बुधबार १२:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ललितपुरका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुको अवगाईमा सातदोबाटोमा ट्राफिक प्रहरी भवन बनेको छ । जनसहयोगमा निर्माण भएको नयाँ ट्राफिक भवनको बुधबार उद्घाटन भएको छ ।

प्रहरी महानिरीक्षक सवेन्द्र खनालले तीनतले भवनको उद्घाटन गर्नुभएको हो । खनालले ललितपुरमा ट्राफिक व्यवस्थापनको लागि यसबाट महत्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन गर्दै भवननिर्माण समितिका अध्यक्ष भरत महर्जनले जनसहयोगमा गरिएको भवन निर्माण कार्य उदाहरणीय भएको बताउनुभयो । उहाँले भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका ट्राफिक प्रहरी हाछेथुलाई पनि धन्यवाद दिनुभयो । 

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा उपत्यका ट्राफिक महाशाखा प्रमुख बसन्त कुमार पन्तले ललितपुर ट्राफिक प्रहरीको यो कार्य प्रशंसनीय भएको बताउनुभयो ।

२०७२ सालको घटस्थापनामा सुरु गरेर तीन वर्षमा भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणको लागि ३ करोड ५० लाख  रुपैयाँ अनुमान गरिए पनि २ करोड १६ लाख रुपैयाँमा सम्पन्न भएको  भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले जानकारी दिनुभयो। भवन निर्माणको लागि १९८ जनाले नगद तथा जिन्सी सहयोग गरेका छन् ।

ट्राफिक प्रहरी निरीक्षक हाछेथुले यसअघि आफू कार्यरत रहँदा कालीमाटी, दरबारमार्ग र कोटेश्वरमा पनि ट्राफिक प्रहरी भवन निर्माण गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया