गलत काम गर्ने प्रहरीलाई बर्खास्त गरिन्छ : महानिरीक्षक खनाल

 असोज २४, २०७५ बुधबार १३:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिनु भएको छ । 

प्रहरी महानिरीक्षक खनालले समाज र संगठनभित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चोट’ पुर्‍याएको  उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो । 

बुधबार ललितपुरको सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उहाँले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गर्नु भयो ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि नागरिक समाजका अगुवाहरुलाई अपिल गर्नु भयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया