दशकपछि बझाङमा हवाई उडान परीक्षण

 असोज २४, २०७५ बुधबार १६:२८:३१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – झण्डै एक दशकपछि बझाङमा हवाईजहाज परीक्षणका रुपमा नेपाल एअरलाइन्सले उडान गरेको छ । 

गएको १० वर्षदेखि बन्द भएको हवाई जहाजले बुधबार परीक्षण सुरु गरेको हो । २०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालपछि बन्द भएको थियो ।

नेपालगञ्जबाट १२ः२४ मा उडेको नेपाल एअरलाइन्सको हवाइजवाज ४५ मिनेटपछि बझाङ जिल्लाको दवेल विमानस्थलमा अवतरण भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक काँसीराम पन्तले बताउनुभयो ।

झण्डै २० मिनेट हवाई मैदानमा रोकिएको हवाइजहाजमा भगवतिप्रसाद करुङ, रमेशकुमार पाण्डे, दिपेन्द्र सेनलगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 9 n AKU नम्बरको ज्ञठ सिट क्षमता भएको त्यस हवाइजहानको परीक्षण उडान मात्रै गरिएको नेपाल एअरलाइन्सका प्रतिनिधि रमेशकुमार पाण्डेले बताउनुभयो । 

नेपाल एरलाइन्सका प्रतिनिधि रमेशकुमार पाण्डेका अनुसार यात्रुहरुको संख्याका आधरामा उडानको तालिका निर्धारण गरिनेछ । एक दशकपछि हवाइ जहाजले सफल परीक्षण भएपछि बझाङका स्थानीयबासिन्दा निकै खुशी भएका छन् । 
 
बझाङ सदरमुकाम चैनपुरको नजिकै रहेको देवल विमानस्थल कालोपत्रे गर्ने भने पनि अहिलेसम्म हुन सकेको छैन् ।  बझाङका नागरिक अभियान्ता, सांसद, स्थानीयवासी तथा पत्रकारहरुको पटक पटकको दबाब पछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई कालोपत्रे गर्न टेण्डर आब्हान गरेको भए पनि कालोपत्रे हुने–नहुने कुनै छाँटकाँट नभएको यहाँका स्थानीयबासिन्दाले बताएका छन् ।  

वैशाखको दोस्रो साताभित्र नै टेण्डर प्रक्रियाको टुङ्गो लागि सक्ने र २ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी प्राधिकरणले काम अगाडि बढाएको भए पनि अहिलेसम्म कामको कुनै टुङ्गो नलागेको स्थानीय नरेन्द्र खड्काले बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणका निर्देशक धुव्र भोसिभोयाले विमानस्थल कालोपत्रे भएपछि बझाङमा सरकारी तथा निजी कम्पनीहरुले उडान सुरु गर्ने बताएका थिए ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

२०६५ सालमा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका थिएनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।

बढी जसो बझाङ नेपालगञ्ज उडान सञ्चालन गर्ने विमान कम्पनीहरुले नेपालगञ्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताए थिए । यद्यपी धनगढी–बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई–तीन वटासम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउँदै आएका छन् ।

तर धनगढी विमानस्थलमा विमानलाई राति राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनीहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् । 

बेवारिसे जस्तै बनेको विमानस्थल स्थानीयले खेल मैदान र गौचरन बनाउँदै आएका थिए ।   विमानस्थलको टावर रहेको भवन स्थानीय केटाकेटीको शौच गर्ने ठा“उमा परिणत भएको थियो । केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको त्यो भवनका झ्याल ढोकामा रहेका सिसाहरु पनि फुटाइएको अवस्था छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया