कर्णाली प्रदेशसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

 असोज २४, २०७५ बुधबार १६:५६:५२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक आउँदो शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबार प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका काम कारबाही प्रति असन्तुष्टि जनाउँदै अवरोध गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको थियो । 
बुधबार दिउँस १ बजेसम्मका लागि बोलाइएको बैठक २ बजेसम्म सुरु नभएपछि संसद सचिवालयले सूचना टाँसेर बैठक शुक्रबारसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाउने प्रयास भए पनि सहमति हुन सकेन् । 

प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले सरकारले जवाफ नदिएसम्म, रातो किताब उपलब्ध नगराएसम्म बैठक चल्न नदिने अडान नछोडेपछि बुधबार भएको छलफलमा सहमति हुन नसकेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफूहरुले राखेका मागहरु पूरा नगरेसम्म प्रदेशसभाको बैठक चल्न दिने बताउनुभयोे । 
प्रतिपक्ष दल कांग्रेसले सकारले प्रदेशसभा सदस्यहरुको सेवासुविधालगायतका महत्वपूर्ण विधेयक नल्याएको, बजेट आएको चार महिना बितिसक्दा पनि रातो किताब नल्याएको, सरकार आफ्नै शैलीमा अघि बढेको, काम भन्दा पनि कार्यक्रम उद्घाटन र भाषणमा मात्र सीमित भएको भन्दै यसको जवाफ सरकारले नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले तत्काल रातो किताब उपलब्ध गराउनुपर्ने माग राखेका छन् । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया