धादिङमा बस पल्टियो : ७ जना घाइते, एकको अवस्था गम्भीर

 असोज २४, २०७५ बुधबार १७:७:५५ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ –  नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । धादिङबेशीबाट आरुघाट सल्यानटार जाँदै गरेको अवस्थामा ना ४ ख ५६३९ नम्वरको बस अनियन्त्रित भई बस पल्टेको उहाँले बताउनुभयो ।

त्यस्तै, दुर्घटनामा परि सिन्धुली जिल्ला दुधौली नगरपालिका –३, का १८ वर्षीय अनिल अधिकारी, बारा जिल्ला बेलडाडीका ६५ वर्षीय रामदोनी महतो, बारा जिल्ला बेलडाडीकै ३८ वर्षीय नन्दकिशोर महतो, भारत गोरखपुरका ३० वर्षीय सतिश शर्मा लगायत ७ जना घाइते भएका हुन् । 

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको प्रहरी उपरीक्षक विकले बताउनुभयो । सवारी चालक फरार रहेकोे र खोजी कार्य भैरहेको उहाँको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया