उपचुनावकाे सुरक्षा तयारी पूरा, दुई हजार जनाभन्दा धेरै प्रहरी...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – विवेकशील साझा पार्टीले एक वर्ष पनि नपुग्दै जनादेश पाएकै सांसदलाई राजीनामा दिन लगाएर पराजित व्यक्तिलाई सांसद बनाउन खोज्नुले राम्रो सन्देश नगएको बताएको छ ।
एक वर्ष पनि नपुग्दै जनादेश पाएकै सांसदले छाड्न पर्ने अवस्था आउनु राम्रो नरहेको भन्दै उसले यसले पार्टीकै लागि पनि राम्रो नहुने बताएको छ ।
विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले उज्यालोसँग कुरा गर्दै सैद्धान्तिक राजनीतिक रुपमा वा कानुनी रुपमा कसैले राजीनामा दिनु र उपचुनावमार्फत कसैलाई ल्याउन पाइने भए पनि पहिलेको चुनावबाट परास्त भएका व्यक्तिलाई नै फेरि ल्याउन खोज्नुले राजनीतिक व्यवस्थाप्रति नागरिकमा वितृष्णा बढ्ने बताउनुभयो ।
काठमाडौं क्षेत्र नम्बर ७ का नेकपाका सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि भन्दै राजीनामा दिइसकेको भए पनि अझैसम्म स्वीकृत भइनसकेको छैन । क्षेत्र नम्बर ७ मा उपचुनाव नै हुने भए विवेकशील साझाले सशक्त उम्मेद्वार छनौट गरेर उठाउने प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
‘अहिले वामदेवका लागि त्यो क्षेत्र खाली गराइएको चर्चा छ’, प्रवक्ता आचार्यले भन्नुभयो, ‘तर हामी जित्ने गरी योग्य र सशक्त उम्मेदवार उठाउछौँ ।’
नेकपाले वामदेवलाई उठाउने भए उहाँलाई पराजित गर्ने रणनीतिका साथ चुनावमा होमिने उहाँले बताउनुभयो । हाम्रो आफ्नो उम्मेद्वारको लागि समर्थन जुटाउन सबै विकल्प खुल्ला राखेर चुनावमा सबैसँग हातेमालो गर्दै जित निकाल्ने योजना हामी हुने छौँ ।
परम्परागत राजनीतिक थितिलाई सुधार्नु आवश्यक रहेको उहाँले बताउनुभयो । रामवीर मानन्धरले राजीनामा दिने चर्चा चलेसँगै काठमाडौं ७ बाट विवेकशील साझाको उम्मेदवारको रुपमा संयोजक रवीन्द्र मिश्रको नामसमेत चर्चामा छ । यसअघि काठमाडौं ७ बाटै उम्मेदवार बन्नुभएकी अनुपा श्रेष्ठलाई नै विवेकशीलले दोहोर्याउन सक्ने समेत चर्चा छ ।
त्यस्तै कांग्रेसबाट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र धनराज गुरुङको समेत चर्चा छ ।
jiblal bhusal
Oct. 11, 2018, 2:20 p.m.जनतामा ब्याप्त बितिष्णाको अवस्थामा रिवन्द्र मिश्र चुनावि प्रतिस्पर्धमा अाए बामदेव गौतमलाई चौनौति हुन सक्छ ।
भरत पौडेल
Oct. 11, 2018, 6:38 a.m.बामदेवलाई हराउन सक्ने उमेदवार भन्दा पनि जनताले आफुले जितेको अनुभुत गराउन सक्ने उमेदवार उठाउनु पर्ने खाचो छ।फेल भैसकेका लाई मौका परीक्षा नहोस् ।देशकै जय होस