रामेछापका युवा फोहरबाट मोहर बनाउने अभियानमा, उत्पादन नबिक्द...
बैशाख ११, २०८१ मंगलबार
अार्इसीसी टि-ट्वाण्टी विश्वकपकाे एसिया छनाैटमा नेपाली स्पिनर सन्दीप लामिछानेकाे प्रदर्शनलार्इ लिएर अार्इपीएलमा उनी अावद्ध टाेली दिल्ली डेयरडेभिल्सले ट्विटरमार्फत प्रशंसा गरेकाे छ ।
ट्विटरमा लेखिएकाे छ, ‘हातमा बल लिएका जादूगर, कप्तानका विश्वासपात्र, दिल्ली डेयरडेभिल्सका सुपरस्टारकाे प्रगति अद्वितीय रहँदै अाएकाे छ ।’
सँगै पाेष्ट गरिएकाे सन्दीपकाे तस्बिरमा नेपालका कप्तान पारस खड्काले सन्दीपका बारेमा बाेलेका प्रशंसाका शब्दहरु राखिएका छन्, जसमा भनिएकाे छ,
‘उ अद्वितीय छ, मानिसहरु उसले विकेट लेअाेस् भन्ने चाहन्छन् । समर्थकहरुकाे अाशा अनुरुप प्रदर्शन गर्न सक्नु अाफैंमा सजिलाे काम हाेइन ।’
Magician with the ball in hand, a captain's delight!
— Delhi Daredevils (@DelhiDaredevils) October 10, 2018
Our #DD superstar's rise has been phenomenal.#DilDilli #Dhadkega @IamSandeep25 pic.twitter.com/zllUmW2GqI
सन्दीपले अार्इसीसी टि-ट्वाण्टी विश्वकपकाे एसिया छनाैटमा खेलेकाे ५ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जम्मा १७ अाेभर बलिङ गर्दै ४ मेडन राखेर ४१ रनमात्र खर्चेर २० विकेट लिइसकेका छन् ।
दिल्ली डेयरडेभिल्सले केही घण्टाअघि भएकाे नेपाल र चीनबीचकाे खेलमा सन्दीपले गरेकाे प्रदर्शनका बारेमा पनि ट्वीट गरेकाे थियाे । ट्वीटमा भनिएकाे छ , ‘अार्इसीसी टि-ट्वाण्टी विश्वकपकाे एसिया छनाैटमा हाम्रा जादूमयी खेलाडीका तर्फबाट भएकाे अर्काे ‘प्लेयर अफ द म्याच’ प्रदर्शन !’
फाेटाेमा सन्दीपकाे बलिङ एक्सन देखाइएकाे छ भने उनले ४ अाेभरमा १ मेडन राख्दै जम्मा ४ रन खर्चँदै ३ विकेट लिएकाे अाँकडा देखाइएकाे छ ।
Another 'Player of the Match' performance from our wonder kid at the ICC World T20 Asia Region Qualifiers!#DilDilli #Dhadkega @IamSandeep25 pic.twitter.com/N9ETkFAMPk
— Delhi Daredevils (@DelhiDaredevils) October 10, 2018
त्यसैगरी, ३ दिनअघि अर्थात् अक्टाेबर ७ तारिखमा नेपाल र थाइल्याण्डबीच भएकाे खेलकाे अाँकडालार्इ पनि दिल्ली डेयरडेभिल्सले ट्विट गरेकाे थियाे । यसमा पनि सन्दीपकाे प्रदर्शनकाे खुलेर प्रशसा गरिएकाे थियाे ।
‘अर्काे दिन, अर्काे ५ विकेटकाे शानदार प्रदर्शन, हाम्रा किशाेर खेलाडी सन्दीपले अार्इसीसी टि-ट्वाण्टी विश्वकपमा पक्कै पनि उत्कृष्ट बलरकाे उपाधि पाउनेछन् ।’
Another day, another 5-wicket haul!
— Delhi Daredevils (@DelhiDaredevils) October 7, 2018
Our teen sensation, @IamSandeep25 sure is ‘having a ball’ at the ICC #WorldT20 Asia qualifiers.#DilDilli #Dhadkega pic.twitter.com/P42JkausqE