नौबीसे–नागढुंगामा सडकमा मालबाहक ठूला गाडी प्रवेशमा रोक

 असोज २५, २०७५ बिहिबार ६:६:३४ | उज्यालो सहकर्मी

काठमाडौं - दसैँको बेला हुन सक्ने सडक जाम र सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ । एक हप्तासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दसैँ मनाउन काठमाडौंबाट बाहिरिने गाडीको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो। यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ।

क्षमताभन्दा बढी भार बोकेका गाडी उकालोमा बिग्रेर जाम हुने गरेको छ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया