मौसममा बदली, केही ठाउँमा पानी पर्ने अनुमान

 असोज २५, २०७५ बिहिबार ७:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकाको केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । बंगालको खाडीमा बनेको चक्रवातको प्रभावले उपत्यकासहित मध्य र पूर्वको केही ठाउँमा फाट्टफुट्ट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसकै प्रभावले अहिले धेरै ठाउँको मौसम बदली भएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार विहीबार पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना कम छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै फेरि बदली हुनेछ । 

यस्तै विहीबार केही ठाउँमा हल्का पानी पर्ने उहाँको अनुमान छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात पनि हुने मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार बंगालको खाडीमा बनेको चक्रवातको असर शनिबार सम्म नै पर्ने संभावना छ । तर ठूलो पानी भने नपर्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया