अमेरिकाकाे फ्लोरिडामा अहिलेसम्मकै शक्तिशाली आँधी

 असोज २५, २०७५ बिहिबार ९:१३:१२ | एजेन्सी
unn.prixa.net

अमेरिकाकाे फ्लोरिडाको तटीय क्षेत्रमा अहिलेसम्मकै शक्तिशाली माइकल आँधी आएको छ । आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिमा हुरी पनि चलेकाे छ ।

माइकल आँधी २०० किलोमिटर प्रतिघण्टाको गतिमा छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बन्दै गइरहेकाे छ । आँधीलाई फ्लोरिडाका गभर्नर रिक स्कटले कल्पना नै नगरिएको क्षति भएको बताएका छन् । यो सम्भवतः १०० वर्ष यताकै शक्तिशाली आँधी भएको बताइएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया