महोत्तरीमा माटोको ढिस्कोमा पुरिएर ४ बालिका घाइते, एकको अवस्था गम्भीर

 असोज २५, २०७५ बिहिबार ११:१०:५९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – महोत्तरीमा दीपावलीको तयारीको लागि माटो लिन गएका चारजना बालिका माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका छन् ।

एकजना बालिकाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा महोत्तरी जिल्ला  औरही नगरपालिका–३ श्रीपुरका विनोद साहका १० वर्षकी छोरी मन्तोरिया साह छिन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

यस्तै अन्य घाइते हुनेहरुमा औरही नगरपालिका ३ श्रीपुरका संझारो महतोको ६ वर्षकी छोरी रीता महतो, दरेश यादवको १२ वर्षकी छोरी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेको स्थानीय बासिन्दाले बताएका छन् । तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ ।

बिहा १० बजे तिर माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेर चारै बालिका पुरिएपछि स्थानीयले उद्धार गरेका थिए ।   

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया