‘राधा २’ बन्यो ‘प्रेम दिवस’

 असोज २५, २०७५ बिहिबार ११:३९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कात्तिक ८ गतेबाट छायांकन सुरु गर्ने भनिएको चलचित्र ‘राधा २’ को नाम पािरवर्तन गरिएको छ । सुरुवातमा चलचित्र राधा कै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर चलचित्र निर्माण गर्ने बताइएको थियो तर अन्तिम समयमा चलचित्रको नाम परिवर्तन गरिएको छ । योगेश घिमिरेले निर्देशन गर्न लागेको यो चलचित्रको नाम ‘प्रेमदिवस’ राखिएको छ ।

काठमाडौंको मैतिदेवी मन्दिरमा चलचित्रको शभ मुहर्त गर्दै नाम परिवर्तन गरिएको जानकारी दिइएको थियो । समारोहमा निर्देशक योगेश घिमिरे, निर्माता संजय न्यौपाने, नव कलाकार विशाल खरेल, पटकथा तथा लेखक प्रदीप भारद्धाजको उपस्थिति थियो ।

चलचित्रमा रियल जोडी प्रियंका कार्की र  आयुष्मान देशराज जोशीले रोमान्स गर्ने पक्का भइसकेको छ । नायिका प्रियंका कार्कीलाई पहिले नै अनुबन्ध गरिए पनि नायक आयुष्मान देशराज जोशीलाई केहि दिन अघि मात्र अनुबन्ध गरिएको थियो । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत रहने छ । सांगीतिक लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा हरि लामाको छायांकन रहनेछ । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया