नेपाली कांग्रेसका सांसदले प्रदेशसभाको बैठक अवरुद्ध गरे

 जेठ २४, २०७५ बिहिबार १६:२०:२२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशसभाको आजको बैठक  प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले  अवरुद्ध गरेका छन् । 

सरकारले दिनप्रतिदिन प्रदेशको बेइज्जती बढाएको भन्दै नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठक अवरुद्ध गर्नुभएकाे थियार् । आज ३ बजे बस्ने भनिएको बैठक झण्डै ४० मिनेट पछि बसेको थियो । बैठकको सरुवावातमै शाहीले सरकारले अझैसम्म पनि केही काम गर्न नसकेको र पहिले कर्णाली रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्च सार्वजनिक नगरेको शाहीले बताउनभयाे । मनपरी रुपमा सरकार अघि बढेको र बजेटलाई पनि राम्रोसँग कार्यान्वयन नगरेको भन्दै पुरानो हिसाबकिताब सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै कांग्रेस सांसदहरु बैठकमा उठेर अवरुद्ध गरेका थिए । 

पुरानो नीति तथा कार्यक्रम कार्यान्वयन नहुँदै नयाँ आउन पनि आवश्यक नरहेको सांसद शाहीले बताउनुभयो । उहाँले काठमाडौंमा भएको राष्टपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरुलाई जर्सीको व्यवस्था नगरेको, राजधानीकै सडक अवस्था नसुध्रिएको भन्दै शाहीले सरकारले ध्यान नदिएर दिनप्रतिदिन बेइज्जत गरेको बताउनु भयो । बजेट आएको ४५ दिन पुग्दा पनि रातो किताब सरकारले नदिएको शाहीले बताउनुभयो । 

सभामुख राजबहादुर शाहीले दुई पटकसम्म बस्न अनुरोध गरे पनि सासदहरुले नमानेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको  छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया