नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ : प्रधानमन्त्री

 असोज २५, २०७५ बिहिबार १२:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गर्नु भएको छ । 

हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्डले प्रशंसा गर्नु भएको हो ।

नेपाल प्रहरीले जनताको निकट रहेर अपराध  नियन्त्रण र समाजमा अमनचयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाई छ । ६३ औं प्रहरी दिवसको अवसर पारेर बिहीबार काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान काार्यालयमा आयोजित एक समारोहमा बोल्दै उहाँले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गर्नु भयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने आश्वासन पनि दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रहरीलाई आक्षेपमुक्त बनाउन आफू सदैव सचेत रहेको पनि स्मरण गराउनु भयो । 

प्रहरी महानिरीक्षक खनालले प्रधानमन्त्री ओलीको गतिशील संरक्षकत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन प्रेरणा दिएको पनि उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि सूचना र प्रविधिको विकासमा जोड दिएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • हरि प्रसाद लम्साल

    Oct. 12, 2018, 12:31 p.m.

    महामहिम केपी शर्मा ओली ज्यू। हिजो तपाईंको सादगी पन देखेर जनताले भोट दिए। त्यो भोट नेकपा एमाले लाई नभएर के पी शर्मा ओली लाई दिएका थिए। तर आज आएर समय सारै नैं बदलिएको छ।एक जना छोरी चेलीको बलात्कार पछि हत्या हुन्छ। उसले न्याय पाउन सारा नेपालले नैं आन्दोलन गर्नु पर्ने स्थिती आ उछ । किन हामीहरू यसमा पनी राजनीति गर्छौं। त्यो घृणित कार्य गर्ने जो सुकै होस त्यो हत्यारा हो। त्यसलाई कारबाही हुनुपर्दछ त्यस मा राजनीति गरिनु हुन्न।३३ किलो सुन गायब भयो। प्रहरी कार्यालय मा ठूला हाकिम हरू घुस लिँदालिँदै पक्रिदै छन। आजको दिनमा त प्रहरी लाई सदबुदि काे खाँचो छ। चाप्लुसी काे होइन। बिना सोर्स फोर्स केहि काम हुँदैन। सहिलाई सही र गलत लाई गलत भन्न सकौ ।तपाईं अझै पनि नेपाल प्रहरी महान भन्दै हिड्नुहुन्छ। किन ???? सायद नेपाल सति ले सरापेको देश भन्थे सांच्चै नैं रहेछ। हामीहरू ५० डिग्रि को रापमा खाडी मुलुकमा काम गरेर ल्याएको 10-20 ग्राम सुन त सजिलै संग देख्न सक्छ नेपाल प्रहरी। तर कीलो को किलाे सुन पास हुँदा आँखा चिम्लेर बस्छ। याद गर्नुहोस् जनता सर्वोपरि हुन। अर्को चुनाब मा बत्ती बालेर खोज्न नपरोस्। दलगत स्वार्थभन्दा माथि उठेर पिडित लाई राहत दिन कन्जुस्याई नगरियोस। भोलि हामीले दिएको भोटले हामीलाई नैं धिक्कार्ने अवस्था नआओस्। बेलैमा चेतना भया। दोहा कतार बाट

  •  0 Reply

तपाईको प्रतिक्रिया