ए डिभिजन लिग: थ्रीस्टारले फ्रेण्ड्स क्लबलाई २–१ गाेल अन्तरले हरायाे

 असोज २५, २०७५ बिहिबार १३:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोकाे एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टारले पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । 
थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

दोस्रो हाफको ८३औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २–० को अग्रता बनाएको थियो । उसका लागि बुद्धराज लिम्बुले गोल गरेका थिए ।

१० मिनेट समय थपिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमा फ्रेन्ड्सले एक गोल फर्काएको थियो । फ्रेन्ड्सका लागि विकास लामाले गोल गर्दै थ्रीस्टारका अग्रतालार्इ  २–१ मा ल्याएका थिए ।

यसैगरी बिहीबारै दिउँसो तीन बजे जावलाखेल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया