‘ब्लड फर रोल्पा’ अभियान सञ्चालन, माेबाइल एप्लिकेशन पनि जारी

 असोज २५, २०७५ बिहिबार १५:४:३८ | माधवकुमार ओली
unn.prixa.net

असोज – ब्लड बैंकको अभावमा बिरामीको ज्यान जोखिममा पर्न थालेपछि रोल्पामा ‘ब्लड फर रोल्पा’ अभियान सञ्चालन गरिएको छ ।

जिल्लाका केही सक्रिय युवाहरुको समूहले थालेको अभियान अन्तरगत ‘ब्लड फर रोल्पा’ नामक मोबाइल एप्लिकेशनको सुरुवात गरिएको हो । 
त्यस मोबाइल एप्लिकेशनको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले उद्घाटन गर्नुभयो  । 

मोबाइल एप्लिकेशनको उद्घाटन गर्दै नगर प्रमुख केसीले युवाहरुले गरेको यो कार्य उदाहरणीय रहेको उल्लेख गर्नुभयो । ‘कतिपय युवाहरु चुल्ठा, मुन्द्रा लगाएर उल्टै समाजको बोझ भइरहेको सन्दर्भमा यो काम उदाहरणीय छ’ प्रमुख केसीले भन्नुभयो ।

यो मोबाइल एप्लिकेशनमा रक्तदाताको विवरण, नयाँ दर्ता, न्यूज ब्लक, महत्वपूर्ण फोन नम्बर र जिल्लाका एम्बुलेन्सको फोन नम्बर राखिएको विवरण हेर्न सकिने डिजाइनर भरत डाँगीले बताउनुभयो ।

अभियान मार्फत अहिलेसम्म ६ जनाले रक्तदान गरेका छन् । यसअघि अस्पतालकै स्वास्थ्यकर्मी र नेपाली सेनासँग सहयोग माग्दै आएकोमा अब त्यो समस्या हट्ने जिल्ला अस्पताल रोल्पाका निमित्त प्रमुख डा. प्रकाशबहादुर बुढाले बताउनुभयो ।

विशेष गरी महिलाहरुको प्रसूतिअघि रगत व्यवस्थापन गर्नुपर्ने अवस्थामा यो एप्लिकेशनले महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको अभियानका अभियन्ता विनोद डाँगीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया