मनाङ मर्स्याङ्दी बन्याे अब सिग्नेचर मनाङ मर्स्याङ्दी

 असोज २५, २०७५ बिहिबार १५:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ए डिभिजन टोली मनाङ मर्स्याङदीलाई रक्सी कम्पनी सिग्नेचरले मुख्य प्रायोजन गरेको छ ।
 
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिग्नेचर र मनाङबीच मुख्य प्रयोजन सम्झौतामा हस्ताक्षर भयो । सम्झौता पनि मनाङको पूरा नाम सिग्नेचर मनाङ मर्स्याङदी क्लब रहनेछ । त्यसबापत सिग्नेचरले वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
 
नयाँ सम्झौतासहित मनाङले जारी ए डिभिजन लिगका लागि नयाँ जर्सीसहितको टिम सार्वजनिक गरेको छ । सम्झौता अवधि एक वर्षको हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर, दुई पक्षको सहमतिमा सम्झौता पुनरावलोकन गरिने बताइएको छ ।
 
शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ यस सिजन पनि उपाधिको दावेदार टोली हो । राष्ट्रिय टोलीका पाँच खेलाडीसहित ए डिभिजन लिगको तयारी गरिरहेको मनाङले लिगको आफ्नो पहिलो खेलमा शुक्रबार ब्रिगेड ब्वाइजसँग खेल्नेछ ।
 
यसअघि ए डिभिजन लिग र राष्ट्रिय लिगमा मनाङको मुख्य प्रायोजन लक्ष्मी इन्टरकन्टिनेन्टलले गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया