शिक्षा, स्वास्थ्य र यातायातमा विशेष सहायताको व्यवस्था गर्न होचापुड्का नागरिकको माग

 असोज २५, २०७५ बिहिबार १६:१९:१५ | उज्यालो सहकर्मी

काठमाडौं – होचापुड्का नागरिकहरुले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । 

नेपाल होचापुड्का संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । शारीरिक रुपमा कमजोर रहेका आफूहरुलाई शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सहुलियत दिएर सरकारले सहयोग गर्नुपर्ने संघका पूर्व अध्यक्ष विष्णुलाल गुरुङले बताउनुभयो ।

संघले देशभरका होचापुड्का नागरिकहरुको आवश्यक्ता र सरोकारलाई सरकारले चासो नदिएको गुनासो पनि गर्दै आएको छ । पूर्वअध्यक्ष गुरुङले आफूहरुलाई गरिएको आर्थिक सहायता पनि सरकारले कटौती गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया