कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
असोज – पाँचथरको याङवरक र ताप्लेजुङको सीमा भएर बग्ने ईवा खोलामा डुबेर फुटबल खेल्न गएका एक युवकको मृत्यु भएको छ ।
पाँचथरको हिलिहाङ गाउापालिका-५, सुभाङका कमल सुहाङको १६ वर्षीय छोरा युगल सुहाङको बिहीबा बिहान ज्यान गएको हो ।
विजया दशमीको अवसरमा पाँचथरको याङवरक गाउँपालिकाको च्याङथापु बजारमा आयोजना भएको फुटबल प्रतियाेगितामा खेल्न साथीहरुसँग गएका सुहाङको नजिकै रहेको खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको प्रहरीले बताएकाे छ ।
पौडी खेल्ने क्रममा खोलामा डुबेपछि साथीहरुले उद्धारको प्रयास गर्दागर्दै उनको मृत्यु भएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।