टी–ट्वान्टी विश्वकप छनोट : अपराजित यात्रा कायम राख्ने प्रयासमा नेपाल र सिंगापुर

 असोज २६, २०७५ शुक्रबार ८:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा शुक्रबार नेपाल र सिंगापुर अपराजित यात्रा कायमै राख्दै प्रतियोगिता टुंगाउने प्रयासमा रहेका छन् ।

नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि सुरुहुने छ । दुवै टिमले छनोट प्रतियोगितामा अहिले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै शीर्ष दुई स्थानमा रहेका छन् । नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ । 

यस प्रतियोगिताबाट शीर्ष तीन टिमले अर्को चरणमा स्थान बनाउने भएकाले नेपाल र सिंगापुरको विजेता पहिलो स्थानमा रहँदा पराजित हुने टिम दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंगाउने छ ।

तर तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचमा कडा प्रतिस्पर्धा रहेको छ । तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै ७ अंक जोडेको छ । तर चौथो स्थानको मलेसियाले आज चीनसँग खेल्न लागेकाले आजको खेलमा चीनलाई पराजित गरेमा मलेसियाले दोस्रो चरणमा स्थान बनाउने छ ।

तर चीन र मलेसियाको खेल बराबरी भएमा थाइल्याण्डलाई फाइदा पुग्ने छ । मलेसियाको अहिले ५ अंक रहेको छ । यस्तै भुटान र म्यानमार पनि आजै भिड्दै छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया