असिनाले  तरकारी र धानबाली नष्ट

 असोज २६, २०७५ शुक्रबार १०:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – जोरायल गाउँपालिकामा असिनाले किसानले लगाएका धानबाली र तरकारीमा क्षती पुर्‍याएको छ । 

विहीबार साँझ परेको असिना पानीका कारण पाकेर काट्ने अवस्थामा रहेका धान खेती नष्ट भएको स्थानीय मानबहादुर मल्लले बताउनु भयो । उहाँले भन्नुभयो ‘असिनाले पाक्नै लागेको धान र तरकारी पूर्ण रुपमा नष्ट गरेको छ, अब के खाने भन्ने चिन्तामा परेका छौँ ।’ 

दसैंको मुखमा पाकेर काट्ने बेला भएको धान र तरकारी खेती असिनाले बिगारेपछि  किसानहरु चिन्तित बनेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया