खाद्य संस्थानले सुरु गर्‍याे दसैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री

 असोज २६, २०७५ शुक्रबार ११:२३:० | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल खाद्य संस्थानले दसैंका लागि काठमाडौँमा आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ । 
 
संस्थानले जिउँदै खसी बोका किलोको ५ सय १० रुपैयाँ र  च्याङ्ग्रा प्रतिकिलो ७ सय १० रुपैयाँमा बिक्री सुरु गरेको छ । उपभोक्ताका लागि १० रुपैयाँ मात्र सस्तो हो । यसपटक दशैँका लागि एक हजार च्याग्रा र एक हजार वटा खसीबोका ल्याउने तयारी गरेपनि त्यो परिमाणमा ल्याउन नसकिएको संस्थानले जनाएको छ । पहिलो चरणमा ५ सय ४६ वटा च्याङग्रा र १ सय ८० खसीबोका आइपुगेका संस्थानका बागमती अञ्चल प्रमुख सुरेन्द्रराज विष्टले बताउनुभयो ।

मुस्ताङबाट अहिलेसम्म ४ सय वटा च्याङ्ग्रा काठमाडौं आइपुगेको र बाँकी ५ सय बाटोमा रहेको संस्थानले जनाएको छ । संस्थानले दाङलगायत पश्चिमी क्षेत्रबाट खसीबोका ल्याउने तयारी गरेपनि त्यहाँका व्यापारीले चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया