फागुन १७ मा ‘जात्रै जात्रा’

 असोज २६, २०७५ शुक्रबार ११:४९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘जात्रै जात्रा’ प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्न लागेको हो । चलचित्रको छायांकन कात्तिक ११ गतेबाट सुरु गर्ने गरि तयारी अघि बढाइएको छ ।

सिंगे लामा र यादव पौडेलको लगानी रहने चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहने छ भने मित्र डी गुरुङको सम्पादन रहने छ ।

कार्यक्रमका विशेष अतिथि रहेका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले चलचित्र ‘जात्रा’ले हालसम्म कै नयाँ रेकर्ड बनाउनका निम्ति शुभ कामना दिए । चलचित्रका निर्देशक प्रदीप भट्टराईले आफ्नो लागी ‘त्र’ अक्षर निकै लक्की भएको बताउँदै चलचित्र जात्रामा जस्तै ‘जात्रै जात्रा’लाई पनि दर्शकको राम्रो साथ मिल्ने विश्वास व्यक्त गरे ।

चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले चलचित्र ‘जात्रै जात्रा’को कथा ‘जात्रा’को भन्दा पनि उत्कृष्ट भएको र दर्शकबाट पनि साथकाअपेक्षाभएकाले चलचित्रनिर्माण गर्न लागेको बताए ।

चलचित्रमा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्र युनिटले फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया