टि-ट्वाण्टी छनौट: नेपालले पायाे ८२ रनकाे लक्ष्य

 असोज २६, २०७५ शुक्रबार १४:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले नेपाललार्इ ८७ रनकाे लक्ष्य दिएकाे छ ।

एस चन्द्रमाेहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३.३ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र करण केसीले २–२ विकेट लिँदा ललित राजवंशी र बसन्त रेग्मीले एक–एक विकेट हात पारे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया