ए डिभिजन लिग: हिमालयन शेर्पा र एपीएफ क्लबकाे गोलरहित बराबरी

 असोज २६, २०७५ शुक्रबार १५:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा एपीएफ क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पहिलो खेलमा एक एक अंक बाँड्न बाध्य भएका हुन् । ड्र खेलेपछि दुवै टिमले एन्फाले प्रत्येक म्याचमा दिने १५–१५ हजार रुपैयाँ पनि पाएका छन् ।

एन्फाले खेल जित्ने टिमलाई ५० हजार तथा बराबरी खेलेमा १५–१५ हजार रुपैयाँ प्रदान  गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार अपरान्हकाे दोस्रो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाईज क्लब खेल्दैछन् । यससँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो चरणको खेल सकिनेछ ।

दोस्रो चरणको खेल तिहारपछि सञ्चालन हुने एन्फाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया