अपडेट : सुनकोशी नदीमा बस खस्दा तीन जनाको ज्यान गयो

 असोज २६, २०७५ शुक्रबार १५:८:३६ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–५, रिठ्ठे भीरमा यात्रुबाहक बस सुनकोशीमा खस्दा तीन जनाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस रिठ्ठे भीरको सडकबाट सुनकासी नदीमा खसेको सिन्धुली जिल्ला प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा बसमा सवार आठ जना यात्रुमध्ये सिन्धुपाल्चोक घर भएका सुनकोसी गाँउपालिका–८ मा बस्ने २९ वर्षीय रवि खड्काको घट्नास्थलमै ज्यान गएको हो । सिन्धुलीको मरिण गाउँपालिका–७, का चालक २८ वर्षका राजकुमार लामा र उनका भाइ २३ वर्षका अमृत लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटना भएको बस सुनकोसी नदीमा डुबेको छ । दुर्घट्नाको कारण खुल्न सकेको छैन । सातवर्ष वर्षअघि पनि त्यसै ठाँउमा आजकै दिन यात्रुबाहक बस दुर्घटना हुँदा ४१ जनाका घटनास्थलमै ज्यान गएको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया