कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाडौं – सञ्चारकर्मी प्रकाश सुवेदी डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र बकम्फुसे राजाको छायांकन फागुन १३ गतेबाट सुरु हुने पक्का भएको छ ।
चलचित्रको औपचारिक घोषणा दसैँको घटस्थापनाका दिन गर्ने तयारी गरिएको थियो । तर चलचित्रका निर्देशक प्रकाश सुवेदीले चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएका कारण कार्यक्रमको आयोजना गर्न नसकेको बताए ।
निर्देशक सुवेदीले चलचित्रको सम्पूर्ण जानकारी छायांकनको दिनमा नै दिने तयारी भइरहेको बताए ।
छायांकनअघि नै चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छ । चलचित्र बकम्फुसे राजा २०७६ को दसैँको फूलपातीका दिन रिलिज गर्ने घोषणा गरिएको छ । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, नीता ढुंगानालगायतका कलाकारहरुले काम गर्ने पक्का भैसकेको छ ।
चलचित्रमा वर्षा सिवाकोटी लाई पनि अफर गरिएको थियो तर अन्तिम समयमा आएर उनले चलचित्रमा काम नगर्ने बताएकी थिइन् ।