महिलाको घाँटी रेटेर हत्या

 असोज २६, २०७५ शुक्रबार १६:३३:२१ | पुरुषोत्तम गिरी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सल्यान – सल्यानको शारदा नगरपालिका–८, मार्केको सिमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।

५५ वर्षीया केवली सुनारको आप्mनै घरमा सुती रहेको अवस्थामा बिहीबार राति धारिलो हतियार ‘छुरी’को प्रयोगले घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्रीमानको मृत्यु पश्चात मृतक सुनार लामो समयदेखि तीन छोराछोरहरुसँग भारतमा बस्दै आएको स्थानीयले बताएका छन् ।

दसैँ मनाउन भनेर चार दिनअघि मात्र उनी घर फर्किएकी थिइन् । घटना कसले र किन गराएको भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा सल्यान प्रहरी प्रमुख डीएसपिको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ । 

हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताउनुभयो ।

मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र घटनाको थप विवरण आउन भने बाँकी छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया