कुवेतबाट बिदामा आएर फर्किंदा स्वास्थ्य परिक्षण गर्नुपर्ने

 असोज २६, २०७५ शुक्रबार १७:१:५७ | उज्यालो सहकर्मी

काठमाडौं – कुवेतबाट बिदामा आउने घरेलु कामदारले फर्किने बेलामा स्वास्थ्य परिक्षण गर्नुपर्ने भएको छ । बिदामा आएर फर्किंदा उनीहरुले स्वास्थ्य परिक्षण गर्नुपर्ने भएको हो । 

बिदामा गएका कामदारमा सजिलै सर्ने कुनै पनि रोगको खतरा लिएर नफर्किउन भनेर यो नियम ल्याउन लागिएको कुवेतको गृह मन्त्रालयले जनाएको छ । कुवेतको स्वस्थ्य मन्त्रालयको सुझाव अनुसार घर बिदा सकेर फर्किने कामदारको स्वस्थ्य परिक्षण अनिवार्य गरिएको हो । 

नेपालसहित एशिया र अफ्रिकाका ३० भन्दा धेरै देशका घरेलु कामदारले स्वदेश आएर कुवेत फर्किंदा अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने छ । कुवेतमा ६ लाख ५० हजारभन्दा धेरै घरेलु कामदार कार्यरत रहेको अनुमान छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया