कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
धनुषा – जनकपुरमा प्रहरीले जुवाको खालबाट एक पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका –१९, वेंगाशिवपुरमा जुवा खेलीरहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले शुक्रबार तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ बस्ने वर्ष २७ का रामचन्द्र दास , जनकपुर उपमहानगरपालिका १९ बस्ने वर्ष १९ का ऋषिकेशप्रसाद साह र वर्ष १८ का आशिक मण्डल छन् ।
प्रहरी पुग्दा भागाभाग हुने क्रममा तीनैजना पक्राउ पर्न सफल भएको र उनीहरुको साथबाट एकथान नलकटुवा पेस्तोल, एक राउण्ड गोली र दुईथान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।