सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
रुकुम पश्चिम – साविकको सिङ्गो रुकुम दुई जिल्लामा विभाजन भएपछि देखिएको सीमा विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ ।
रुकुम पश्चिम र रुकुम पूर्वका दुइ स्थानीय तहबीच देखिएको सीमा विवाद समाधान गर्न कार्यदल गठन गरिएको हो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ र रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ बीच घोरखानीको किट्नीमा सीमाना विवाद देखिएको थियो ।
जिल्ला टुक्रनुअघि एउटै जिल्लाका साविक साँख र रुकुमकोट गाविसकै वडाहरुको बीचमा विवाद सुरु भएको हो । त्यो विवाद अहिले फेरि देखिएपछि समाधानका लागि रुकुमकोटमा वार्ता गरिएको थियो ।
वार्ताले नापी गरेर समस्याको समाधान खोज्ने सहमति गर्दै ६ सदस्यीय कार्यदल गठन गरेको छ । जसमा मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र उपप्रमुख प्रेमकुमारी सुनार केसी तथा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबर्धन बुढा रहनुभएको छ ।
दुवै पालिकाबाट एक–एक जना प्राविधिक राख्ने सहमति भएको छ ।