मापसे चेक गर्न बसेका प्रहरी नै रक्सीले ‘टिल’

 जेठ २४, २०७५ बिहिबार १८:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – तौलिहवाका विभिन्न चोकहरुमा रातिको समयमा ड्युटीमा खटिने प्रहरीले रक्सीले मातेको पाइएको छ ।  

बुधबार राति गौढी चोकमा मादक पदार्थ सेवन (मापसे) चेकका लागि खटिएका प्रहरीहरुले नै रक्सी खाएको भेटिएको छ । 

मुस्लिम समुदायको रमजान महिना अन्तर्गत रोजा चलिरहेका बेला घरबाट बजार निस्केका मुस्लिम युवाहरुलाई राति २ बजे मोटरसाइकल चेक गर्दै गर्दा गौढी चोकमा खटिएका एक प्रहरी रक्सीको नशामा रहेको कपिलवस्तु नगरपालिका वडा नं. १ का ए.डी. आदिल खांले बताउनुभयो । ‘हाम्रो मोटरसाइकल चेक भइरहेका कारण हामी केही बोलेनौँ’, खांले भन्नुभयो, ‘नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने प्रहरी रक्सी खाएर गरेर ड्युटीमा बस्नु नेपाल प्रहरीको बर्दीको अपमान हो ।’

ड्युटीका बेला मादक पदार्थ सेवन गर्ने प्रहरी कर्मचारीलाई प्रमाण भए तुरुन्तै कारबाही गरिने प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया