MeToo अभियानकाे असर: अक्षय कुमारले पनि स्थगित गरे ‘हाउसफूल ४’ को छायांकन

 असोज २६, २०७५ शुक्रबार २०:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अक्षय कुमारले नाना पाटेकर र साजिद खानलाई यौन शोषणको आरोप  लागेपछि फिल्म ‘हाउसफुल ४’ को छायांकनकाे काम स्थगित गरिदिएका छन् ।

अक्षयले ट्वीट मार्फत फिल्मको छायांकनको काम स्थगित गरेको भन्दै लेखेका छन्, ‘म हिजो राति नै देश फर्किएको छु । यी सबै कुराहरु निकै हैरान गर्ने खालका छन् । मैले ‘हाउसफुल ४’ का निर्माताहरुलाई यस घटनाको छानबिन भइरहेसम्म फिल्मको छायांकनकाे काम स्थगित गरिदिनु भनेर अनुरोध गरेको छु । यो यस्तो आरोप हो जसमाथि कडा कारबाही गरिनुपर्छ । यदी यी आरोपहरु साँचो सावित भएमा म दोषीहरुसँग कहिल्यै काम गर्नेछैन । पीडितहरुले न्याय पाउनु जरुरी छ ।’

यसैक्रममा नाना पाटेकरले हाउसफुल ४ छाेडेकाे खबर अाएकाे छ । तर उनले तनुश्री दत्ताले अाफूमाथि लगाएकाे अाराप गलत भएकाे अडान लिंदै  तनुश्रीलार्इ कानुनी पत्र पनि पठाएका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया