भारतलार्इ सुरुमै झड्का: गुमायाे पृथ्वी श, पुजारा र के एल राहुलकाे विकेट

 असोज २७, २०७५ शनिबार १३:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा भारतले सुरुवाती ३ विकेट गुमाएकाे छ ।

अाेपनिङमा अाएका के एल राहुलकाे विकेटबाट वेस्ट इन्डिजले खाता खाेलेकाे हाे । उनलार्इ खेलकाे ८.४ अाेभरमा जेसन हाेल्डरले व्यक्तिगत ४ रनमा बाेल्ड गरेका थिए ।

त्यसपछि राहुलसँगै अाेपनिङमा अाएका डेब्यु खेलाडी पृथ्वी श खेलकाे  १८.४ अाेभरमा ठूलाे शट प्रहार गर्ने क्रममा वारिकनकाे बलमा हेतमेयरकाे हातबाट क्याच अाउट भए । उनले ५३ बलमा ७० रन बनाएर अाक्रामक खेल खेलिरहेका थिए ।

वेस्ट इन्डिजका बलर ग्याब्रियलले तेस्राे विकेटकाे रुपमा टेस्ट फर्म्याटका बलिया खेलाडी चेतेश्वर पुजारालार्इ खेलकाे  १९.६ अाेभरमा ४१ बल खेलेर  व्यक्तिगत १० रन बनाएकाे अवस्थामा पेभेलियनकाे बाटाे देखाए । 

यतिबेला क्रिजमा कप्तान विराट काेहली र अजिंक्या रहाणे छन् । ३६ अाेभरकाे खेल सकिंदासम्म भारतले ३ विकेट गुमाउँदै १४६ रन  बनाएकाे छ । यसका लागि काेहलीले ५७ बलमा ३२ र रहाणेले ४३ बलमा १५ रनकाे याेगदान दिएका छन् यसअघि, भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा वेस्ट इन्डिज ३११ रनमा अल आउट भएको थियाे । 

टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज दोस्रो दिनको पहिलो सत्रमा अल आउट भएको हो । पहिलो दिन ७ विकेट गुमाएर २८६रन बनाएको वेस्ट इन्डिजले बाँकी रहेका ३ विकेट आज ११.१ ओभरमा गुमाएको थियो । एक समय दबाबमा आएको वेस्ट इन्डिजलाई ज्यासन होल्डर र रोस्टन चेजले १०४ रनको साझेदारी गरेपछि वेस्टइन्डिले मध्ययम स्कोर खडा गर्न सफल भएको हो । जसमा रोस्टनले १०६रन बनाए ।

भारतका उमेश यादवले ६ तथा कुलदीप यादवले ३ विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया