जापानको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको १०१ औं स्थानमा

 असोज २७, २०७५ शनिबार १५:३५:४८ | रामचन्द्र मिश्र
unn.prixa.net

काठमाडौं – विश्वमा धेरै देशहरुले भिसा-फ्रि को सम्बन्ध कायम गरेका छन् । विश्वको विभिन्न देश जान भिसा लगाउने लामो प्रकृया पूरा गर्नुपर्ने हुन्छ ।

‘भिसा-फ्रि’ को सम्बन्ध भनेको बिनाभिसा आवत–जावत भने होइन । दुई देशबीचको सम्बन्धका आधारमा लामो प्रकृया पूरा नगरी एक देशका नागरिक अर्को देशमा आवत–जावत गर्न सक्ने सम्बन्ध नै ‘भिसा-फ्रि’ को सम्बन्ध हो ।

विश्वका विभिन्न ठाउँमा घुम्न अाफ्नाे देशको निश्चित काजजातहरु चाहिन्छ नै । एक देशका नागरिकले अर्को देश घुम्न पासपोर्ट लिनुपर्ने हुन्छ तर विश्वका धेरै देशहरुले भिसा-फ्रिको सम्बन्ध कायम गरेका हुन्छन् । व्यापार, घुमफिर, रोजगार र अध्ययनका लागि एक देशका नागरिक अर्को देशमा आवत–जावत गर्ने गर्दछन् । हेन्ले पासपोर्ट इन्डेक्स ले विश्वमा कुन देशले भिसा-फ्रि र भिसासहितको सम्बन्ध कायम गरेका छन् भन्ने तथ्यांक सार्वजनिक गर्ने गर्दछ ।

हेन्लेले अक्टोबर ९, २०१८ मा एउटा प्रतिवेदन निकालेर कुन देशका नागरिकले कुन देश भिसा-फ्रि र भिसासहित प्रवेश पाउँछन् भनेर प्रतिवेदन सार्वजनिक गरेको छ । हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार जापानको पासपोर्ट (राहदानी) विश्वमै सबैभन्दा शक्तिशाली रहेको छ ।

यही महिनामा म्यानमारका लागि ‘भिसा-फ्रि’ प्रवेशको सम्बन्ध बनाएको जापानले विश्वका १ सय ९० वटा देशमा भिसा-फ्रि को सम्बन्ध कायम गरेको छ । ३६ देशको भ्रमण गर्न जापानका नागरिकले भिसा अनिवार्य रुपमा लिएर जानुपर्ने हुन्छ । यसभन्दा अगाडि म्यानमारले १ सय ८९ वटा देशमा भिसा-फ्रिको सम्बन्ध बनाएको थियो ।

सन् २०१८ मा जर्मनीले धेरै देशसँग भिसा-फ्रिको सम्बन्ध बनाएर प्रथम स्थानमा रहेको थियो तर अहिले जर्मनी तेस्रो स्थानमा झरेको छ । फ्रान्स र दक्षिण कोरियासँग सम्बन्ध बनाएर सन् २०१८ को सुरुमा प्रथम स्थानमा आएको जर्मनीले अहिले १ सय ८८ वटा देशहरुमा भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ ।

उज्बेकिस्तानले फ्रान्ससँग गएको अक्टोबर ५ मा भिसा-फ्रिको सम्बन्ध कायम गरेर माथिल्लो वरीयतामा आएको छ । उज्बेकिस्तानले जापान र सिंगापुरसँग भिसा-फ्रिको सम्बन्ध गएको फ्रेबुअरीमा बनाइसकेको छ । उज्बेकिस्तानले ५९ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । शक्तिशाली राहदानीको हिसाबमा अहिले उज्बेकिस्तान ८२ औं स्थानमा रहेको छ ।

दक्षिण कोरियाले पनि गएको अक्टोबर १ मा म्यानमारसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । दक्षिण कोरियाले १ सय ८८ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । तर दक्षिण अमेरिकी महादेशमा रहेको देश पाराग्वेले भने सिंगापुरसँग भिसा-फ्रि को सम्बन्ध हटाएको छ । पाराग्वेले १ सय ४३ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । शक्तिशाली राहदानीको आधारमा पाराग्वे ३४ औं स्थानमा रहेको छ ।

अमेरिका र बेलायतले १ सय ८६ देशसँग भिसा-फ्रि को सम्बन्ध कायम गरेका छन् । अमेरिका र बेलायत पाँचौ स्थानमा रहेका छन् । रुस ४७ औं स्थानमा झरेको छ । रुसले १ सय ४७ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । ताइवानले गएको सेक्टेम्बरमा रुसका नागरिकलाई आफ्नो देश आउन भिसा-फ्रि दिए पनि राहदानीका आधारमा रुस माथिल्लो स्थानमा आउन सकेन ।

यूएईले भने २००६ देखि अहिलेसम्म आफ्नो स्थानमा निकै ठूलो सुधार गरेको छ । सन् २००६ मा ४७ औं स्थानमा रहेको यूएई अहिले २१ औं नम्बरमा पर्न सफल भएको छ । यूएईले भर्खरै रुससँग भिसा छुट (भिसा नभए पनि निश्चित समयका लागि कुनै देशमा गएर बस्न मिल्ने प्रावधान) को सम्बन्ध बनाएको छ । यूएईले १ सय ६१ देशमा भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ ।

चीनले भर्खरै उत्तर अमेरिकी महादेशको सेन्ट लुसिया र म्यानमारसँग सम्बन्ध बनाएको छ । चीन अहिले ७१ औं स्थानमा रहेको छ । सन् २०१७ पछि चीनले १४ वटा देशहरुसँग सम्बन्ध बनाइसकेको छ । चीनको पनि यो ठूलो सफलता हो  । चीनका नागरिकले ७४ स्थानमा भिसा-फ्रिमा आवत–जावत गर्न सक्छन् ।

कुन देशले कति स्थानको भ्रमणमा भिसा-फ्रि पाएका छन्

1– जापान –१९०

2– सिंगापुर – १८९

3– जर्मनी, फ्रान्स, दक्षिण कोरिया –१८८

4– डेनमार्क, फिनल्याण्ड, इटाली, स्विडेन, स्पेन –१८७

5– नर्वे, बेलायत, अष्ट्रिया, लक्जम्बरर्ग, नेदरल्याण्ड, पोर्चुगल र संयुक्त राज्य अमेरिका – १८६

6– बेलजियम, स्विट्जरल्याण्ड, आयरल्याण्ड र क्यानडा – १८५

7– अष्ट्रेलिया, ग्रिस, माल्टा – १८३

8– न्यूजिल्याण्ड, चेक रिपब्लिक – १८२

9– आइसल्याण्ड – १८१

10– हंगेरी, स्लोभेनिया, मलेसिया – १८०

सबैभन्दा कम देशमा आवत–आवतको सम्बन्ध कायम भएको देशमा अफगानिस्तान र इराक रहेका छन् । दुवै देशले ३० देशसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेका छन् ।

सिरिया र सोमालियाको ३२ देशसँग भिसा-फ्रिको सम्बन्ध रहेको छ भने पाकिस्तानको ३३ देशसँग भिसा-फ्रिको सम्बन्ध रहेको छ । नेपाल भने १०१ औं स्थानमा रहेको छ । नेपाली नागरिकले ४० ओटा देशहरुमा भिसा-फ्रि मा भ्रमण गर्न पाउँछन् । जापानसँग पनि नेपालले भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ ।

भारतले ६० वटा देशहरुसँग भिसा-फ्रि को सम्बन्ध कायम गरेको छ ।
 

(एजेन्सीकाे सहयाेगमा)

अन्तिम अपडेट: चैत १५, २०८०

रामचन्द्र मिश्र

रामचन्द्र मिश्र उज्यालाेमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया