बलरले राम्राे ब्याटिङ गरेपछि सम्हालियो बेग्लोर, चेन्नइलाई १ सय २८ रनको लक्ष्य

 बैशाख २२, २०७५ शनिबार १८:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २२ – आईपीएलको शनिवारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपरकिंग्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

८९ रन बनाउँदा ८ विकेट गुमाएको बेग्लोरका लागि बलर टीम साउथीले सबैभन्दा धेरै नटआउट ३६ रन बनाउँदै स्कोर केही उकासेका हुन् । 

साउथीले २६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, पार्थिव पटेलले ४१ बलमा ५३ रन बनाए ।

उनको ब्याटिङमा पाँच चौका र २ छक्का समाबेश थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया