‘जुवा खेलेको थाहा पाए हिरासतमा लगेर थुन्छु’

 असोज २७, २०७५ शनिबार १७:५०:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विद्यानन्द माझीले चाडपर्वको समयममा जुवा तास नखेल्न आग्रह गर्नु भएको छ ।

सामुदायिक प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिलगढी डोटीले दिपायलमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै एसपी माझीले दसैँ, तिहारलगायतका चाडपर्वमा जुवा खेल्ने तथा खेलाउनेलाई कडा कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्ष दिनकोको चाडपर्व हो, हाँसी खुशीका साथ मनाउनु होस, जुवा खेलेको थाहा पाए हिरासतमा लगेर थुन्छु ।’ डोटीमा जुवा–तास खेल्नेको संङ्ख्या बढिरहेको स्थानीयको गुनासो बढेपछि एसपी माझीले कुनै पनि हालतमा जुवा तास बन्द गरेरै छोड्ने दाबी गर्नु भएको छ ।

उहाँका अनुसार यो वर्ष डोटीमा हतियार तथा सादा पोशाकमा कम्तिमा ६ सयभन्दा बढी प्रहरी परिचालन भएका छन् । बजार, वित्तीय संघ–संस्था, सहकारी, कार्यालय तथा बढी मानिसको भीडभाड हुने ठाउँमा अत्याधुनिक हतियारसहितका प्रहरी परिचालन भएकाले कुनै घटना भए वा हुन सक्ने संकेत भएमा प्रहरीको निशुःल्क नम्बर १०० र ११० मा खबर गरिदिन समेत एसपी माझीले सबैमा आग्रह गर्नु भएको छ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया