कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
प्रतियोगितामा १८ वटा खेल समावेश गरिएको छ । एक महिनासम्म चल्ने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । उहाँले नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालाई साउण्ड टेबल टेनिसको सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगितामा दृष्टिविहीन क्रिकेट, ह्वीलचेयर बास्केटबल, पारा तेक्वान्दोलगायतका खेलहरु समावेश गरिएका छन् । ८० लाख विनयोजन गरिएको बजेट विभिन्न पारा खेलसंघलाई प्रतियोगिता आयोजना गर्न बिहीबार नै हस्तान्तरण गरिएको छ ।
सम्बन्धित खेलसंघले आफूलाई पायक पर्ने स्थानमा एक महिनाभित्र प्रतियोगिता आयोजना गर्नुपर्ने छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राज्य सपांग र अपांग गरी कुनै पनि खेलाडीलाई विभेद नगरिने बताउनुभयो । उनले वर्तमान सरकारले खेलकुदको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशबकुमार विष्टले सपांग र अपांगता भएकाले ल्याएको मेडल राज्यकालागि समान हुने भन्दै अबका दिनमा कुनै पनि भेदभाव नहुने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालले कुनै पनि ओलम्पिकमा पदक ल्याउँछ भने त्यो पारा खेलकुदले ल्याउँछ ।’