रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन

 असोज २८, २०७५ आइतबार ५:४९:३४ | उज्यालो सहकर्मी

काठमाडौं - रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उहाँको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो ।

ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको हो नेपाल  रिपब्लिक मिडियाले जनाएको छ। डाक्टरहरुका अनुसार उहाँलाई माइल्ड अट्याक भएको हो ।

निजी क्षेत्रबाट पत्रकारिता विकासमा महत्वपूर्ण भूमिका खेलेका ज्ञवाली कान्तिपुर प्रकाशनको सुरुआती चरणदेखि अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

ज्ञवालीको जन्म विसं १९९५ चैत रामनवमीका दिन गुल्मीमा भएको थियो। उहाँका श्रीमती र तीन छोरा छन्। 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया