पत्रकार खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार पाइए कडा सजाय दिने अमेरिकाको चेतावनी

 असोज २८, २०७५ आइतबार ७:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई कडा सजाय दिने चेतावनी दिएका छन् ।  साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइएमा साउदी अरेबियालाई कडा सजाय दिइने ट्रम्पले चेतावनी दिएका हुन्  ।

तर दुई देशबीचका ठूला सैन्य ठेक्कापट्टा भने नरोकिने ट्रम्पको भनाई छ । साउदी अरेबियाले  खशोग्गीको हत्या भएको आरोप अस्वीकार गर्दै आएको छ । इस्तानुबलमा रहेको साउदी अरेबियाको महावाणिज्य दूतावासबाट अक्टोबार २ तारिखबाट बेपत्ता भएका पत्रकार खशोगी साउदी सरकारका कट्टर आलोचक रहेको बीबीसीले जनाएको छ । 

आफ्ना आलोचकलाई साउदी सरकारले बेपत्ता पारेर हत्या गरेको आरोप अमेरिकाले लगाउदै आएको छ । यस्तै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टनियो गुटरेशले पनि खशोगीको अवस्थाबारे सत्यतथ्य प्रस्तुत गर्न माग गरेका छन् । 

पत्रकार खशोग्गीको इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासभित्र हत्या भएको प्रमाण आफूसँग भएको टर्कीले पनि दावी गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया