'छक्कापञ्जा ३' ले कमायो ४ दिनमा ४ करोड

 असोज २८, २०७५ आइतबार ८:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

घटस्थापनाका दिनबाट प्रदर्शनमाआएको चलचित्र छक्का पञ्जा ३ ले अहिले पनि आक्रमक व्यापार गरिरहेको छ । चलचित्र हेर्न दर्शकको कमी भएको छैन सिनेमा घरहरुमा । लामो लाइन बसेरै भए पनि चलचित्र हेर्न दर्शकहरु उत्साहित छन् । यता चलचित्र निर्माण टिम पनि चलचित्रले सफल ब्यापार गरेकोमा उत्साहित छन् ।

शनिबार बिदाको दिन भएका कारण पनि देशै भरका अधिकांश चलचित्र घरमा दर्शकको ओइरो लागेको थियो । शनिबार चलचित्र छक्का पञ्जा ३ उपत्यकाका ५ वटा क्युएफएक्स अन्तर्गत ३२ शो भएको थियो भने पाएका सबै शो हरुले हाउसफुल व्यापार गरेको थियो ।

चलचित्र युनिट यति बेला दर्शकलाई प्रोत्साहन गर्न उपत्यकाका विभिन्न हलहरुमा पुगिरहेका छन् । निर्माण युनिटलाई हलमा प्रत्यक्ष देख्दा दर्शक पनि उत्तिकै उत्साहित हुने गरेका छन् । दिपक, दिपा, केदारलगायतका कलाकारहरु सँगफोटो खिच्नकै लागि तछाड मछाड हुने गरेको छ । 

उपत्यकाका गोपीकृष्ण, पुष्पाञ्जली, गुणलगायतका सिनेमाहलहरुमा गएर चलचित्र युनिटले दर्शकसगँ साक्षात्कार गरेका थिए । गोपीकृष्ण हलमा चलचिका निर्माता तथा कलाकार दीपकराज गिरी र केदार घिमिरेलाई भिडमा दर्शकले उचाल्न समेत भ्याएका थिए ।

बुधवार,विहीबार र शुक्रबारको तुलनामा शनिबारको व्यापार अझ बढेको निर्माण युनिटले बताएको छ । चलचित्रले ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • प्रितम गुरूङ

    Oct. 14, 2018, 9:57 a.m.

    कमायो भन्ने मात्र हैन जति कमाई हुन्छ त्यसको त्याक्स लिनुपर्छ सरकारको ध्याज जाअोस

  •  0 Reply

तपाईको प्रतिक्रिया