‘लभ स्टेशन’को फर्स्ट लुक सार्वजनिक

 असोज २८, २०७५ आइतबार १४:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिनेमा ‘लभ स्टेशन’को फर्स्ट लुक  सार्वजनिक भएको छ । 

असोज ११ गतेदेखि छायाकंन सुरु भएको यो सिनेमाको यतिबेला दार्जीलिङमा छायाकंन भइरहेको छ । यो सिनेमाको छायाकंन दार्जीलिङ र कालिङपोङपछि सिक्किम, फिक्कललगायतका स्थानमा छायाकंन गरिने छ ।
 
प्राप्त जानकारी अनुसार २ वटा गीतसहित सिनेमाको ५० प्रतिशत छायाकंन सकिएको छ । 

यो सिनेमालाई अभिनेता प्रदीप खड्काले निर्माता गोविन्द शाहीसँग मिलेर बनाएका हुन् । सिनेमामा प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।  

यी दुई कलाकारका अलावा सिनेमामा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि मुख्य भूमिका छ ।

काफिया फिल्म्स्को व्यानरमा काफिया शाही र कविरविक्रम शाहीले  निर्माण गर्न लागेको यस सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया