ठेलाको पानीपुरी खाँदा एकै गाउँका ३३ जना बिरामी

 असोज २८, २०७५ आइतबार १९:४८:१९ | मुना हमाल
unn.prixa.net

सुर्खेत - ठेलामा राखिएको पानीपुरी खाँदा सुर्खेतको भेरीगंगा नगरपालिकाको एकै गाउँका ३३ जनाभन्दा बढी बिरामी परेका छन् । 

भेरीगंगा नगरपालिका ११ रामघाटमा ठेलामा राखिएको पानीपुरी खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा महिला र बालबालिका रहेका छन् ।  

पानीपुरी खाएर बिरामी परेकाहरुलाई बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्नेजस्ता लक्षण देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनीहरुलाई क्षेत्रीय अस्पताल कालागाउँमा लगिएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ ।

पानीपुरी बेच्ने जयराम खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया