पुनः निर्माण प्राधिकरणले गर्‌याे दुर्इ लाख गुनासाे पर्छ्याैट

 असोज २८, २०७५ आइतबार २०:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५ सय ८४ गुनासो फर्छ्याैट गरेकाे छ ।  

निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले स्थानीय तहको वडामार्फत गुनासो दर्ता गराएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

गुनासो आउने क्रम अझै जारी छ । प्राधिकरणको टोल फ्री नम्बर र हेलो सरकारबाट पनि उजुरी आइरहेको जनाएको छ ।

अलिहेसम्म भूकम्प अति प्रभावित १४ जिल्लामा दुई लाख आठ हजार ४ सय ७८ गुनासो दर्ता भएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म अति प्रभावित १४ जिल्लाका मात्र गुनासो सम्बोधन भएको छ ।

अझै झण्डै तीन हजार गुनासो फर्छ्याैट गर्न बाँकी रहेको प्राधिकरणका तथ्याङ्क अधिकृत कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया