गुल्मीमा जीप दुर्घटना २ जनाको मृत्यु

 असोज २९, २०७५ सोमबार ९:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी बिहान भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

बाग्लुङको हटियाबाट गुल्मीको चन्द्रपुरका लागि छुटेको जीप बिहान साढे सातबजेतिर पल्टिएको प्रहरीले जनाएको छ । घटनामा जीपका साहु ३५ वर्षका लालबहादुर गुरुङ र ५२ वर्षका भरत गुरुङको ज्यान गएको छ ।

 गुल्मीको चन्द्रकोट गाउँपालिका २ को गरगरे भीरबाट जीप पल्टिएको हो । जीप टुक्रा–टुक्रा भएकाले नम्बर थाहा हुन सकेको छैन । घटनास्थलमा प्रहरीको टोली पुग्दैछ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०७५

तपाईको प्रतिक्रिया