र्‍यापरकाे कथामा चलचित्र ‘लाउरेकाे र्‍याप’ बन्दै, अाशिष राना ‘लाउरे’ मुख्य भूमिकामा

 असोज २९, २०७५ सोमबार १६:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘लाउरेकाे र्‍याप’ निर्माण हुने भएको छ । चलचित्रका लागि आशिष राना‘लाउरे’ ले मुख्य भूमिकाका लागि सम्झौता गरिसकेका छन् । 

नेपालका चर्चित र्यापरहरुमध्ये उनी पनि एक हुन् । उनले नेपार्ली यापलाई एउटा उचाइमा पुर्याएका योगदान दिएको छन् ।

‘हिमालयन रोडिज’सकिएपछि चलचित्रको छायाँकन सुरु गर्ने तयारी भइरहेको बताइएको छ  । चलचित्रमा लाउरेसँगै सोनाम पाख्रिन पनि फाइनल भएको बताइएको छ ।
लाउरेको यो पहिलो चलचित्र भने हैन । उनले यसअघि चलचित्र ‘ताण्डव’मा अभिनय गरिसकेका छन् । तर उनी अभिनित पहिलो चलचित्रले दर्शकको मन जित्न भने असफल भएको थियो । 

चलचित्रको कथा लेख्ने काम भइरहेको छ । कथाको काम अन्तिम चरणमा पुगेको बताइएको छ । यो चलचित्र पासाङ योन्जन लामाको कथा तथा निर्देशनमा तयार हुन लागेको हो ।

दावा शेर्पाको लगानीमा निर्माण हुन लागेको चलचित्रमा हरि हुमागाईंको छायाँकन रहने छ । 

यापरहरुले भोग्नु परेका विभिन्न पीडा तथा उनीहरुको जीवनमा आइपर्ने उतार चढावलाई चलचित्रको मुख्य कथावस्तु बनाइने छ । 

 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया