बालविवाह रोक्न घर घरमा पत्र पठाइयो

 जेठ २५, २०७५ शुक्रबार ६:४७:१ | राजु लामिछाने
unn.prixa.net

रुकुम(पश्चिम) – दुई वर्ष भित्र बालमैत्री वडा निर्माणको लक्ष्य लिएको चौरजहारी नगरपालिका वडा नं. १० ले बालविवाह रोक्न घर घर घरमा पत्र पठाउन थालेको छ ।

सबै वडाका बासिन्दालाई आफ्नाछोरा छोरीको उमेर नपुगि विवाह नगराउन तथा हुन नदिन पत्राचार गरेको वडाले जनाएको छ । नेपाल सरकारको सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त घोषणा गर्ने राष्ट्रिय रणनीति अनुसार यस्तो अभियान थालिएको वडाध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो ।

‘हामिले नेपाल सरकारको राष्ट्रिय लक्ष्य सफल पार्न सहयोग पुर्याउने उद्देश्यकासाथ यस्तो अभियान सुरु गरेका हौ’ वडाध्यक्ष केसीले भन्नुभयो – ‘वडावासीको सहयोग बिना लक्ष्य पूरा नहुने भएकाले सबै घरमा पत्र पठाएका हौँ ।’

चेतनाको कमी, अशिक्षा, गरिबीजस्ता कारणले अहिले पनि बालविवाह रोकिएको छैन । वडाध्यक्ष केसीका अनुसारअहिले पनि वडामा ५० प्रतिशत भन्दा बढी बालविवाह भइरहेको छ । त्यसलाई अबको दुई वर्षमा शून्यमा झार्ने वडाको योजना छ । 

पत्रको मर्म विपरीत कसैले पनि २० वर्ष नपुगि विवाह गर्ने, गराउने गरेको भेटिएमा कानुन बमोजिम कारवाही गरिने वडाध्यक्ष केसीले जनाउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया