दशैं र तिहारमा यात्रुलाई सुविधा दिन नगर बस सञ्चालन

 असोज २९, २०७५ सोमबार १९:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर बस सञ्चालनमा ल्याइएको छ । 

नगरबासीको सहज आवत जावतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटाङ यातायात प्रालिको सहकार्यमा सोमबारदेखि नगर बस सञ्चालनमा ल्याइएको हो । 

दशैं र तिहारमा ओहोर–दोहोर गरिरहेका यात्रुलाई मध्यनजर गर्दै नगरपालिका र यातायात प्रालिबीचमा एक वर्षे सम्झौता गरेको दोश्रो दिनबाटै नगर बस सञ्चालनमा ल्याइएको हो । 

१५ वडा रहेको नगरपालिकामा दैनिक १२ वटा बस आवत–जावत गर्ने व्यवस्थासहित नगर बस सञ्चालनमा ल्याइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया