कर्णाली नदीमा डुंगा पल्टिँदा हराइरहेका दुईजनाको बिहानैदेखि खोजी हुँदै

 असोज ३०, २०७५ मंगलबार ७:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कर्णाली नदीमा डुंगा पल्टिँदा हराइरहेका दुईजनाको मंगलबार बिहानैदेखि खोजी भैरहेको छ ।

साेमबार बेलुकी कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानी घुम्न गएका बेला डुंगा पल्टिँदा हराइरहेका कैलालीको जोशीपुर गाउँपालिका–२ का पुरुषोतम चौधरी र समीर बडेलाको विहानैदेखि खोजी भैरहेको प्रहरीले जनाएको छ ।

डुंगामा रहेका पाँचजना मध्ये तीन जनाको उद्धार गरिएको थियो । डुंगा पल्टिँदा घाइते भएका चालक प्रकाश विष्ट उपचारपछि घर फर्किएको पनि प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया